नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले आज काठमाडौंमा विशेष बहस गर्दै छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको दिनलाई प्रतिकात्मक रुपमा मानेर संगठनले आजको दिनलाई कालो दिन मान्दै विषेस बहस कार्यक्रम गर्न लागेको हो ।
प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ बहस कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पुर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्व उपप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
समाजवादी प्रेस संगठनले नेपाली पत्रकारिताको विकास, श्रमजीवी पत्रकारको हित र अधिकारका लागि क्रियाशील रहने, सूचनाको हक, मानवअधिकार र प्रेस स्वतन्त्रताका निम्ति संघर्ष गर्ने उद्देश्य विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई संकुुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको संगठनका अध्यक्ष एवं बरिष्ठ पत्रकार शम्भु क्षेष्ठले बताए ।
