शेयर बजार ओरालाे लाग्ने क्रम सोमबार पनि रोकिएन। आज पनि सेयर बजार दोहोरो अङ्कले ओरालो लागेको छ। नेप्से परिसूचक आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ। आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ।
बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ। आज ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो।

