सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो।
एक मन्त्रीले दिएको जानकारीअनुसार आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्नका लागि मन्त्रिपरिषदले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज बिहान बालुवाटारमा मन्त्रिपरिषद बैठक बसेको थियो।
संसद अधिवेशन अन्त्य र आह्वान मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था छ।
