काठमाण्डौ । पहिलो संविधान सभामा नेकपा (माओवादी)बाट सदस्य रहेका राजकुमार श्रेष्ठ पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन्। आइतबार श्रेष्ठलाई एकीकृत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका उनलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटार निवासमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । श्रेष्ठलाई पुन: केन्द्रीय सदस्यकाे जिम्मेवारी दिने एक आन्तरिक निर्णयसहित पार्टी प्रवेश गराईएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रत्यक्षबाट चुनाव जितेर पनि संविधान सभामा आएका थिए । नेकपा एमाले, एकीकृत नेकपा (माओवादी केन्द्र) एक भएर बनेको नेकपामा सकृय श्रेष्ठ सो को विघटन भएपछी निष्क्रिय रहेका थिए।
श्रेष्ठलाई पार्टीमा स्वागत गर्न आयोजित समारोहमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वागमती प्रदेश इन्चार्ज हितमान शाक्यलगायत सिन्धुपाल्चोकका नेताहरू माधव सापकोटा, सरल सहयात्रीलगायत सहभागी थिए ।

