तोमनाथ उप्रेती
स्वामी विवेकानन्दको जन्म सन् १८६३ जनवरी १२ मा कलकत्ताको एक कायस्थ परिवारमा भएको थियो ।उनको बाल्यकालको नाम नरेन्द्रनाथ दत्त थियो ।उनका बुबा विश्वनाथ दत्त कलकत्ता सर्वोच्च अदालतको प्रसिद्ध वकील थिए । उनकी आमा भुवनेश्वरी देवी धार्मिक विचार भएकि महिला थिइन । उनको अधिकांश समय भगवान शिवको पूजा अर्चना मै व्यतीत हुने गर्दथ्यो ।उनि स्वामी रामकृष्णका प्रिय शिष्य थिए । रामकृष्ण अद्भुत व्यक्ति थिए त्यसैले उनलाई परमहंस भनिन्छ । विवेकानन्दले त उनलाई साक्षात् ईश्वरको अवतार मान्दथे । उनले बोलेको प्रत्येक कुरामा गुरूको अनुभव र ज्ञान नै भएको बताउदथे । विवेकानन्दले भने कसैलाई शिष्य बनाउने प्रयास गरेनन् । उनीबाट प्रभावित भएर मार्गरेट नोबेल (बैनी निवेदिता) लगायत केही प्रतिभाहरूले स्वतः शिष्यत्व स्वीकार गरेर समर्पित भई रामकृष्ण मिशनका आदर्शहरु प्रचार गरेका थिए ।
उनी सन् १८९३ मा अमेरिकामा रहेको शिकागोमा आयोजिते “विश्व धर्म सभा“मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। स्वामी विवेकानन्द हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए। उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।
उक्त सम्मेलनमा उनको ओजपूर्ण व्यक्तित्व एवं सारगर्भित सम्बोधनबाट धेरै पश्चिमा विद्वान् प्रभावित भई पूर्वीय दर्शनप्रति जिज्ञासु बने । यसैको कडीका रूपमा सर्बियाली अमेरिकी आविष्कारक, भौतिक वैज्ञानिक, यान्त्रिक अभियन्ता र विद्युत् अभियन्ता निकोला टेस्ला एवं स्वामी विवेकानन्दबीचको मित्रतालाई लिन सकिन्छ । कुशाग्र, अध्ययनशील निकोलाले पूर्वीय दर्शनको अध्ययन मात्र गरेनन्, स्वामी विवेकानन्दको आग्रहमा पदार्थ र चेतनाको गणितीय नमुना बनाउने प्रयास पनि गरे । उनी आधुनिक युरोपेली विज्ञान र अद्वैत वेदान्तबीचको सम्बन्धदेखि आश्चर्यचकित भएका थिए । यी घटनाले पूर्वीय ज्ञान र आधुनिक पश्चिमी विज्ञानको सहसम्बन्धलाई प्रशस्त गरेको छ ।
विश्व धर्म महासभा शिकागोमा सन् १८९३ मा उनले भाग लिन जाने सम्पूर्ण घटना ज्यादै आश्चर्य लाग्दो छ । खेतडीका राजाले उनलाई त्यहां जाने प्रेरणा दिए । उनी नरेन्द्रबाट अत्यन्त प्रभावित थिए र यी भावनाहरु अमेरिकामा प्रचारित होस् भन्ने चाहना राख्थे । नरेन्द्रलाई विवेकानन्द नाम दिने काम पनि उनैले गरेको मानिन्छ । अमेरिकामा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरूले लुट्नसम्म लूटे, जब उनी शिकागो पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरूलाई पैसा र चिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि शिकागो पठाए ।
शिकागो पुग्दा विवेकानन्दको अवस्था असाध्यै खराब थियो । लुटेरा र बदमासहरूको भीडमा बचेर हिड्ने क्रममा चिठ्ठी हराएछ । शिकागोको स्टेशनमा भएको एक बाकसमा सेप्टेम्बर महिनाको जाडो छल्न रात बिताउनु पर्यो । साथमा रहेका अमेरिकी पैसा सकियो केवल गीताको पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए । भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउँमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुा? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आ–आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मञ्चमा केही वक्ताहरूले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रूपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरूको तर्फबाट अमेरिकी दाजु भाइ दिदी बहिनीहरूलाई धन्यवाद दिंदैसबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।
उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए। उनले अमेरिकामा भएको भाषणको पहिलो सम्बोधन अमेरिकन दाजुभाई तथा दिदीबहिनी भन्ने वाक्यले नै सबैको मन जितेका थिए।कलकत्ताको धनाड्य बंगाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए, जसबाट उनले “सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ“ भन्ने शिक्षा पाएका थिए। उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरी ब्रिटिस भारतको अवस्था बारे जानकारी हासिल गरे।
कलकत्ताको धनाड्य बङ्गाली परिवारमा जन्मिएका विवेकानन्दको झुकाव आध्यात्मिकता तर्फ थियो। उनी आफ्ना गुरू रामकृष्ण परमहंसबाट धेरै प्रभावित थिए, जसबाट उनले “सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ“ भन्ने शिक्षा पाएका थिए। उनले आफ्नो गुरूको नामबाट रामकृष्ण मिसन नामक संस्थाको स्थापना गरेका थिए जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो। यी संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । रामकृष्णको मृत्यु पश्चात विवेकानन्दले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरी ब्रिटिस भारतको अवस्था बारे जानकारी हासिल गरे।
आधुनिक युगमा स्वामी विवेकानन्दका विचार पनि ज्ञानयोग अन्तर्गत समावेश छन् । उनले ज्ञान सम्बन्धी दिएको प्रवचनलाई ‘ज्ञानयोग’ नामक पुस्तकमा संकलित गरिएको छ । उनको ‘ज्ञान योग’ वेदान्त दर्शनमा आधारित छ । उनकाअनुसार यस विधिको उद्देश्य बाह्य संसारका अवास्तविक बस्तुहरुबाट ध्यान हटाउनु हो, जुन असत्य र अवास्तविक हुन्छन् । त्यसपछि मानिस ध्यान तत्वमा केन्द्रित हुनुपर्छ, जुन सत्य र वास्तविक हो ।
स्वामी विवेकानन्दका अनुसार धर्मको वास्तविक बीउ इन्द्रियको सीमा पार गर्ने संघर्ष हो । मानिसलाई तबसम्म मानिस भन्न सकिन्छ जबसम्म उनीहरुले प्रकृतिभन्दा माथि उठ्न निरन्तर संघर्ष गर्छ । यो प्रकृति बाह्य र आन्तरिक दुवै हुन्छ । यस प्रकृति भित्र, हाम्रो शरीर र बाहिरका अवयवहरूलाई नियन्त्रण गर्ने नियमहरू मात्र छैनन्, तर त्यस्ता सूक्ष्म नियमहरू पनि छन्, जसले वास्तवमा बाह्य प्रकृतिलाई नियन्त्रण गर्ने आन्तरिक प्रकृतिलाई नियमन गर्दछ । बाह्य प्रकृतिलाई जित्नु भन्दा पनि भित्री प्रकृतिलाई जित्नु सयौं गुणा राम्रो हो । जसले मानिसको आवेग, भावना र इच्छाहरू नियन्त्रण गर्ने नियम सिकाउँछ ।
साधारण मानिसको स्वभाव भौतिकवादी हुन्छ । इन्द्रिय आनन्द तिनीहरूको लागि सर्वोपरी हुन्छ । उनीहरु प्राय बाहिरी दुनियाँमा व्यस्त हुन्छन् र उनीहरु बाहिरी दुनियाँमा मात्र सुख खोजिरहेका हुन्छन । यद्यपि, यो पनि सत्य हो कि यी गतिविधिहरूबाट कसैले आनन्द प्राप्त हुँदैन । जसले केही समयको लागि मात्र सुख प्राप्त मिल्छ । यस्ता मानिस विरलै हुन्छन्, जसलाई यो कामबाट सन्तुष्टि मिल्दैन, त्यसबाट छुटकारा पाउन खोज्छन् ।
विवेकानन्दले भनेका छन्, ‘इन्द्रियहरूको सीमाभन्दा पर गएर एक आध्यात्मिक मानिसको विकास हुन्छ । यी सबै चीजहरूको लागि दिनरातको प्रयास आफैमा सबै मानवीय प्रयासहरूमध्ये सबैभन्दा उदात्त र महित्वपूर्ण छ । तल्लो तहका मानिसले इन्द्रियजन्य सुखमा मात्र आनन्द पाउँछन् । तर जो सुसंस्कृत र शिक्षित हुन्छन््, उनीहरूले चिन्तन, दर्शन, कला र विज्ञानमा आनन्द पाउँछन् । यो भन्दा पनि उच्चस्तरको हो अध्यात्म । विशुद्ध उपयोगितावादी दृष्टिकोणबाट सुख प्राप्ति नै मानिसको लक्ष्य हो भने पनि धार्मिक चिन्तन गर्नुपर्छ, किनकि त्यसैमा परम सुख हुन्छ ।
ज्ञानयोग भनेको ज्ञान र आत्म–ज्ञान प्राप्त गर्नु हो। यो अनुभव मार्फत आफैलाई र आफ्नो वातावरण बुझ्न हो। ज्ञानद्वारा ईश्वरीय स्वरूपको ज्ञान, वास्तविक सत्यको ज्ञान नै ज्ञानयोगको लक्ष्य हो। स्वामी विवेकानन्दद्वारा लिखित ज्ञान योगले वेदान्त अन्तर्गत सत्यहरू बताई वेदान्तको सार प्रस्तुत गर्दछ।ज्ञानीहरूका अनुसार वास्तविक ज्ञान भनेको आत्मबोध हो । यो अनुभवमा लैजाने मार्ग हो अध्यात्मिकता । यहि अध्यात्मतर्फ लैजाने संघर्ष नै ज्ञानयोग हो । यहि संघर्ष मानिसलाई अज्ञानताभन्दा पर लैजाने मद्दत गर्छ ।
एक अर्थमा, ज्ञानी व्यक्ति ईश्वर प्राप्तिको मार्गमा ज्ञानद्वारा प्रेरित हुन्छ। स्वामी विवेकानन्दद्वारा लिखित ज्ञानयोग मायावाद, मानवको वास्तविक र प्राकृतिक प्रकृति, भ्रम र मुक्ति, ब्रह्मा र संसार, भित्री संसार, बाह्य जगत, बहुलतामा एकता, ब्रह्म दर्शन, मुक्त नामहरू सहित उहाँद्वारा दिइएको प्रवचनहरूको संकलन हो। आत्माको प्रकृति आदि। अब विश्लेषण गर्ने हो भने, वास्तवमा ज्ञानयोगीले वेदान्तको अद्वैत सिद्धान्त अनुसार मायावादको वास्तविकतालाई जानेर, आफ्नो वास्तविकता र आत्माको वास्तविक स्वरूपलाई जानेर मुक्ति प्राप्त गर्दछ ।
हरेक वर्ष ४ जुलाईलाई स्वामी विवेकानन्दको पुण्यतिथिको रुपमा मनाइन्छ । उहाँलाई भारतका सर्वश्रेष्ठ आध्यात्मिक नेता र विद्वानहरू मध्ये एक मानिन्छ । विवेकानन्दले योग र वेदान्तको दर्शनलाई पश्चिमी देशहरूमा लैजान महत्त्वपूर्ण भूमिका खेलेका थिए । स्वामी विवेकानन्द भारतका आध्यात्मिक गुरु थिए, जसले विश्वलाई हिन्दू धर्म र अध्यात्मको पाठ सिकाउनुभयो। स्वामी विवेकानन्दले सानै उमेरमा प्राप्त गरेको ज्ञान युवाहरूको लागि प्रेरणा बन्यो। उनले धर्म संसदमा आफ्नो सम्बोधन ‘मेरो अमेरिकाका भाइबहिनीहरू’ बाट सुरु गरे।
स्वामी विवेकानन्दको मृत्यु ४ जुलाई १९०२ मा ३९ वर्षको उमेरमा भएको थियो । उनका अधिकांश भाषण युवाहरूलाई सम्बोधन गरिएको थियो। स्वामी विवेकानन्दले केही विशेष सन्देश दिएका थिए। स्वामी विवेकानन्दका प्रसिद्ध सन्देशहरूमा
एक पटकमा एक काम गर्नुहोस्, र त्यसो गर्दा आफ्नो सम्पूर्ण आत्मा त्यसमा लगाउनुहोस् र बाँकी सबै बिर्सनुहोस्।
सबैभन्दा ठूलो धर्म भनेको आफ्नो स्वभावप्रति सच्चा हुनु हो। आँफैमा बिश्वास गर ।
ब्रह्माण्डका सबै शक्तिहरू पहिलेदेखि नै हाम्रा हुन्।
आफ्नो मस्तिष्क, मांसपेशी, स्नायु, शरीरको हरेक अंगलाई त्यही विचारमा डुबाइदिनुहोस् र अन्य सबै विचारहरूलाई अलग गर्नुहोस्।
आँखामा हात राखेर कति अँध्यारो भयो भनेर रुने हामी नै हौँ ।
उठ, जाग र लक्ष्य प्राप्ति नभएसम्म नरोक,
एक विचार लिनुहोस् त्यो विचारलाई आफ्नो जीवन बनाउनुहोस्, त्यसको बारेमा सोच्नुहोस्, यो सपना देख्नुहोस्, त्यो विचारलाई जिउनुहोस्।
स्वामी विवेकानन्दको जीवन दर्शनलाई सार्वजनिक जीवनमा अवलम्वन गर्नाले सार्वजनिक जीवनका सिद्धान्तहरुलाई व्यवहारका लागु गर्न सकिने देखिन्छ ।
(उप्रेती अध्यात्म र जीवन दर्शनमा कलम चलाउँछन् ।)
Previous Articleविश्वव्यापी श्रम बजारकाे अवस्था
Next Article झन् बढ्यो बैंकहरूको खराब कर्जा दर

