सन्दर्भ : विश्व पर्यटन दिवस, २०८०
–विश्वनाथ खरेल
संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको थियो । तथापी पर्यटन विश्वकै सर्वाधिक ठूलो ब्यवसाय पनि हो । विगत तीन÷चार वर्ष अगाडि विश्वव्यापी कोरोनाको कहरबाट संसारभरी अर्थतन्त्र थिलथिलो बनाइ रहेको अवस्था छ । हाम्रो देशको अर्थतन्त्र पनि विस्तारै लयमा आउँने सुरसारमा रहेको छ । अपितु बल्लतल्ल विस्तारै अर्थतन्त्र लयमा आउन सुरसार कसेको सरकारी तथ्यांकले देखाएको छ । यो तथ्यांक हालै संयुक्त राष्ट्र संघ मातहत रहेको विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदनअनुसार सन् २०२० मा पर्यटन उद्योगबाट गुमेको आम्दानी रकम भनेको सन् २००९ मा विश्वव्यापी रूपमा छाएको आर्थिक मन्दीको समयमा विश्व पर्यटन उद्योगले गुमाएको खुद आम्दानी रकमभन्दा ११ गुणा बढी हो । फलतः यसमा नेपाल पनि अछुतो रहन सकेको भने छैन् । अतः हाम्रो देशमा भने पर्यटन क्षेत्रलाई देशको अर्थतन्त्रका लागि महत्वपूर्ण सूचीमा राखेर प्रवर्धन सुरु गरेको वि.सं.२०४६ सालको परिवर्तनपछि हो । त्यस यता केही वर्ष बिराएर नेपाल भ्रमण वर्षको आयोजना गर्ने लगायत पर्यटन प्रवर्धनका काम नेपालमा हुने गरेको थिएन । हाम्रो देशको सन्दर्भमा भने अतिथि देवो भवः अर्थात पाहुना हाम्रा भगवान् हुन । नेपाल एउटा विश्वमै पर्यटकीय गन्तब्य स्थलको रुपमा रहेको छ । यहाँ हेर्ने हो भने विश्व विख्यात उच्च हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतीक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालिन हामी नेपालीहरु नै नेपालको गहना हो । केहीवर्षदेखि यस व्यसवायका हरेक पाटाहरु नराम्रोसंग थलिएका छन् । यसर्थ एक देशबाट अर्को देशमा प्राकृतिक दृश्य अवलोकन गर्ने, व्यापारी, धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक विभिन्न किसिमको उदेश्यले भ्रमण गर्ने व्यक्ति नै पर्यटक हो । हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र विश्वका हरेक देशबाट नेपालमा पर्यटनको घँुइरो लाग्ने गर्दछ ।

यी विविध कारणहरुले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतको रुपमा रहेको छ । देशको वाह् विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरु विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै बैदेशिक मुद्रा आजको प्रमुख स्रोतको रुपमा रहेको थियो । हाल पनि पर्यटनले देशको कूल गार्हस्थ्य उत्पादनमा ३÷४ प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने यो भन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रवल सम्भावना छ । सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रुपमा विस्तारित हुन नसक्नुलाई विडम्वना नै मान्नु पर्छ । देशमा आउने पर्यटकको संख्यामा मात्र बृद्धि गरिएर हुँदैन । उनीहरुको संख्याको साथै खर्चमा बृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन । देशमा के कसरी बढीभन्दा बढी पर्यटक भित्राउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरुको ध्यान जानुपर्छ ।
ती पर्यटकहरु गुणस्तरीय हुन की हैनन, तिनको खर्च गर्ने क्षमता के कस्तो छ भन्ने विषयमा कमैमात्र ध्यान पु¥याइएकैले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै बृद्धि हुन सकेको छैन । यसमा हेर्ने हो भने दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपाल जस्तो गन्तव्यले के आशा गर्ने अर्कोतिर पर्यटकहरु बसाइ अवधि पनि बढाउन सकिएको छैन । अतः नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० बाट २० लाख पर्यटनको आगमन गर्ने जुन आशा राखिएको थियो । त्यो आशा दिवा सपनामा मात्र परिर्वतन भयो । जसले गर्दा १३ लाखभन्दा बढी पर्यटन क्षेत्रमा कार्य गर्ने व्यक्तिहरुलाई ठूलो मार प¥यो । त्यसरी नै सन् २०२३ मा सरकारले दश लाख पर्यटन भित्राउने लक्ष्य राखे पनि हालसम्म तीनलाख जति पर्यटन भित्रिएको सरकारी तथ्यांकमा देखाइएको छ ।

