स्वयम्भू शाक्य
आज के भैरहेको छ, संधै एकनासले हिड्ने खोलो अचम्मले हडबड गर्दैछ । किन होला कतै गडबड भएको त होइन ? नत्र किन यसरी हिड्नु पर्ने हो ? संधै आफ्नै तालमा गम्भिर भएर हिड्ने आज अचम्म छ उसको चालअलि अर्कै छ । उसको नाच अलि अनौठो छ । जसरी हिडे पनि अलि ढिलो र चाँडो मात्रहो । आखीर गतव्य त त्यहीहो । म पहिला भएभनी नहाँसे हुन्छ । म अन्तिम भए भनी नरोए हुन्छ । किनकि पहिलो हुनु अलि चाँडै पुग्नु हो । ढिलो हुनु अलि पछि पुग्नु हो । आखिर त जाने बाटो त्यहीहो । किन फरक छुट्याउनु प¥र्यो ? फरक छुट्याउँदैमा के हुने हो र ?मायाले नजीक हुन खोज्दा कतै तिमी हडबड भएको त होइन ? मायाले टाढिन खोज्दाकतै गडबड भएको पो होइन ? यो गडबड र हडबडमा पक्कै पनि तिम्रो साइनो छ । नत्र किन हतासिएर हिड्नु प¥र्यो ? नत्र किन संधैको बाटो छोडेर अर्को बाटो अपनाउनु प¥र्यो ?
भनिन्छ, जीवन संधै एकनासले चल्न सकिदैन । एकनास हुन त धुब्रसत्य हुनु पर्छ । हामी त यो भवसागरमा बग्ने खोला हो । कलकल गदैं संधै एकनासले बग्नखोजे पनि कहिले काहि भेल आएर थाम्नै नसके पछि कसको के लाग्छ र?शतिmको होडमा छेऊलाई भन्दा टुपोलाई धेरैगाह्रो भए पछि हडबड र गडबड नभएअरु के हुन सक्छ र ? त्यसैले यो नै शुद्ध होइन । शुद्ध र अन्त्यको हिडाईमाजिन्दगी भर संधै एकनासले कहिल्यै पनिपाइलाचाल्न सकिदैन ।
कर्णप्रिय गीतले हाम्रो जीवनलाई तरङ्गित पारेर एउटा छेऊवाट अर्को छेऊसम्म पु¥याउन सक्छन् । छाल उठे जस्तो, छाल डुबे जस्तो कहिले देख्ने र कहिले नदेख्ने भएपनिआखीर त्यहाँ त सघर्षै सघर्षका थुप्रै पाताहरु चलिरहेका हुन्छन् । किनकि हाम्रोआँखाले देख्नु र नदेख्नु ठूलो कुरो होइन । ठूलो कुरोत त्यहाँ भित्रको सघर्ष हो । भूमरीवाट निस्कन हजारौं हजारको प्रयास हो । यो वारी र पारीको जीवनमा संधै एकनास हुन सक्दैनन् किनकि ठाउँ फरक छ । समय र परिस्थिति अर्कैं छ । हडबड र गडबड पनि फरक फरक छ । वारी देखेको कुरो पारी नदेख्न पनि सक्छ । पारी देखेको कुरो वारी नदेख्नपनि सक्छ । पाइला पाइलामा समयहरु फरक फरक भैसकेको छन् । समयले सवै कुराहरु मिलाउँदै छन् । बनाउनु र भत्काउनु मात्रहोइन एउटा सोझो खोलोको मन पनि कहिल्य काहि भत्किन सक्छ । हिजो जहाँवाट हिड्ने गरिन्छ आजत्यो बाटो छोडेर अर्कै बाटो पनि लाग्न सक्छ । सोझो छ उसले कहिलेकाहि लाटो रिस पनि देखाउन सक्छ । तर यो नै शुरु होइन, यो नै अन्त्य होइन । यो त संधै हिड्ने बाटोमा आज म हिड्नि भनी बाटो फेरेको पनि हुन सक्छ ।
वाटो त्यहीहो । हिड्ने त्यहीहो । चाहनात्यहीहो । भरोसा त्यहीहो । शुरु त्यहीहो । अन्त्यत्यहीहो । मात्र समय फरक छ । चाहेर वानचाहेर के हुन सक्छ र ?बाध्यता छ,थाहा छ–छैन कुनै मतलव छैन । एउटा सोझो खोलो संधै बाटोमा हिड्ने गर्छ । किनहोला, अब म त्यो बाटोबाट हिड्नि भनीअर्को बाटो किन नरोजेको होला?त्यस्तो के बाध्यता छ, थाहा छैन हिड्दा हिड्दैं किनारा छिया छियाभएर स्वरुपपरिवर्तन नभएको पनिहोइन । तर एउटा पहाडी खोलाले आफूले चाहेर पनित्यो स्वरुप परिवर्तन गर्न खोजेको छैन । हामीलाई थाहा छ ,फलामलाई आगोले पगाल्न सक्छ । पानीले पर्वतहरुलाई पनिफोर्न सक्छ । करौटीले काटे जस्तै, छिया छियापारी किनाराहरु निले जस्तै युगै युगदेखि अटुटरुपमा बगेर कतैं शान्त छन् । कतै उग्र छन् । कतै उफ्रिन्छन् । कतै नाचिन्छन् । समयको खेलसंगै पानीका फिजहरु कतैंलोभ लाग्दो फूलहरु बनेर हाँसीहाँसी हाम्रा मनहरु चोर्न खोज्दैछन् । कति मीठो तीगीतहरु छरछर गदैं संगीतको तालमाथुप्रैं गीतहरु गाइरहन्छन् ।
के भो गडबड, किन यो हडबड
हतासिएको किन यसरी ?
पहिलो पनि त्यैं अन्तिम पनि त्यैं
तिम्रो चुम्बन यो कसरी ?
पर्वत फोछौं, जङ्गल नाघ्छौ
उफ्री उफ्रीकन हिँड्छौं
फीजहरुका फूल हजारौं
गाईकन छरछर छछौं ।
किनहोला, बनजंगल र पाखापर्वतहरु देखेपछि हाम्रो मन किन आनन्द हुने होला? रुखै रुखको त्यो बन जङ्गल र पाखा पर्वतहरुमा यतिको शोभा किन बढेको होला?जति हेरे पनि हेरु हेरु लाग्ने त्यो कस्तो जादू होला?अर्काको लागि संधै बाचिरहने त्यसको जन्म किन भएको होला? त्यसैले यो अलौकिकशतिmमायति धेरै शोभाहरु भएपनि मान्छेले किन थाहा नपाएको होला? चराचुरुङ्गीहरुको गीतलाई मान्छेहरुले किन बुझ्न नसकेको होला? हेर्न र सुन्न नभ्याएका ती गीतहरु कस्तो होला?अविरल तिम्र्रा गीतहरु छिन छिनमा किन गाउने होला?लक्ष्य एउटै गन्तव्य एउटै श्रम किन फरक फरक भएको होला?अबिरल बग्ने त्यो श्रम भित्र थुप्रै धन्यका पात्रहरु किन नदेखेको होला?तिम्रो जीवन हाम्रो लागिvहामीले किन नसोचेको होला? सत्य रहेछौं तिम्रो जूनीलामो पुण्य साँचै कमाउने होला? त्यसैले मन रोएको बेलाहामी बन जङ्गल र पाखा पर्वतहरुमा गएर बस्ने हो भने साँच्चै रोएको मन चटक्क निको हुने छ । मन अशान्ती भई हलचल भएको बेलामधुर त्यो चरा चुरुङ्गीहरुको बोली सुन्ने हो भने म स्थिर भई कम्पनहरु क्रमशः हटेर जाने छ ।
हो, तिम्रो जीवन हामीहरुका लागि बनेका रहेछौ तर हाम्रो जीवन तिमीहरुका लागि कहिल्यैं बन्न सकेनौं । किनहोला, हामीले कहिल्यै बन्न सकेनौ । किनहोला, हामीले कहिल्यै पनि लामो पुण्य कमाउन चाहेनौं । यो छोटो जिन्दगीमा छोटो पुण्य मात्र कमाउन चाहेर होला लामो पुण्यलाई हामीहरुले कहिल्यैं सम्झेनौं ।
पर्वत बनको शोभायतिका
मधुर चराको यो गायन
हेर्न र सुन्न नभ्याएको
अविरल तिम्रो गीत छिन छिन ।
लक्ष्यनिमिततिम्रो यस्तो
अविरल श्रम हो अतिधन्य
खोला रानी ! तिम्रो जीवन
साँच्चै हो लामो पुण्य ।
खोला आज मात्र होइन भोलि पनि निरन्तर वगिरहने छन् । स्वतन्त्र र निर्भयपूर्वक गतव्यतिर लम्केर एउटा खोलाले न श्रमको कुरो गर्छ न भाग्यको कुरो थाहा छ । उसलाई त प्रकृतिले जे जस्ता कुराहरु सिकाउने गरिन्छ उसले त्यही कुराहरु मात्र गर्न खोज्छ । हो, समयसंगै हिडेर लक्ष्यमा पुग्नु उसको बानी भएर होला पहाडी खोला पहाड जस्तै सुन्दर र मन मोहक छ । जतिखाएपनि कहिल्यै नअघाउने त्यो कञ्चन पानी औषधी जस्तो अनुपम उपहार बनेर बाँचेको छ । त्यसैले होला युगकवि सिद्धिचरणश्रेष्ठले वि.सं २०३५ सालमा रचेको प्रस्तुत कवितामा मधुर स्वरका धनीती चराचुरुङ्गीहरु मात्र होइन् मनुष्यले कहिल्यै हेर्न र सुन्न नभ्याएका पहाडी खोलाको अविरल गीतहरुलाईपनि समय सापेक्ष तरिकावाट हेर्न र सुन्न भ्याउने गरी प्रकृतिको चित्रण गरिदिनुहाम्रो निम्ति साँच्चै पुण्यको काम हो ।
भनिन्छ ,हामीले सोचे जस्तो लक्ष्य त्यति टाढा छैन तर निरन्तर प्रयास भैरहनु पर्छ । पानीले ढुंगा खियाए जस्तै सघर्षै सघर्षमा बाँच्न जान्नेले एक दिनआफूले नसोचेको कुरा पनि पाउन सकिन्छ। त्यसैले होलात्यो पहाडी खोलाको जीवन बुझिनसक्नु छ । सरल भएर पनि जटिलछ । जटिल भएर पनि सरल छ । किनकि नाच्नु उसको स्वभावहो । उफ्रिनु उसको रवाफ हो । गाउनु उसको भाव हो । बग्नु उसको कर्म हो । अस्तु ।

