काठमाडौं । “आमूल परिवर्तनका लागि जनसमुदायमा अपील” भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यो वर्तमान दलाल पुँजीवादी राज्यसत्तालाई ध्वंश गरी स्वाधीन र समृद्ध जनगणतन्त्र स्थापना गर्न आम जनसमुदायमा सार्वजनिक आव्हान गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशका चार स्थानबाट चैत्र ४ गते ‘जनसम्बन्ध विस्तार अभियान’को उद्घाटन गर्दैछ । अभियानको लागि पार्टीका चारवटै टोली सम्बन्धित स्थानतर्फ प्रस्थान गरिसकेको छ । अभियानमा हाते पर्चा बनाएर यो अपील व्यापक रुपमा वितरण गरिएको छ । अपीलमा राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विद्यमान समस्यालाई सरल रुपमा जनताले बुझ्ने भाषामा लेखिएको छ । र, अपीलको अन्तिममा भनिएको छ, “तपाइँहरुको दुःख र पीडाको कारण विद्यमान दलाल तथा नोकरशाही पुँजीपति र सामन्तवर्गीय राज्यसत्ता र संसदीय व्यवस्था हो । यो राज्यसत्तालाई ध्वंश गरी श्रमजीवि जनताको सत्ता अर्थात् जनगणतन्त्र स्थापना गर्न हामी तपाइँ आदरणीय जनसमुदायसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छौ । नेपाली जनताको मुक्तिका लागि यसको विकल्प छैन ।”
यस्तो छ अपीलको पूर्णपाठ :
आमूल परिवर्तनका लागि जनसमुदायमा अपील
आदरणीय जनसमुदाय !
नेपाली सर्वहारा वर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तपाइँहरुको घर दैलोमा ‘जनसम्बन्ध विस्तार अभियान’ लिएर आएको छ । नेपालमा वि.सं. २००६ सालमा पुष्पलाल श्रेष्ठको पहलमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल त्यसैको निरन्तरता र विकास हो । विक्रम सम्वत् २०१९ को तेस्रो महाधिवेशनपछि यसमा चर्को विवाद र विभाजन शुरु भयो । यसबाट चार धारा — केशरजंग रायमाझीको नेतृत्वमा संशोधनवादी तथा राजावादी धारा, पुष्पलालको पार्टी पुनस्र्थापनाको धारा, मोहनचन्द्र अधिकारी र सिपी मैनालीको झापा विद्रोहको धारा र मोहनविक्रम सिंह, मनमोहन अघिकारी र भक्तबहादुर श्रेष्ठको केन्द्रीय कम्युनिस्ट न्युक्लियसको धारा — बने । कम्युनिस्ट न्युक्लियसले २०३१ सालमा चौथो महाधिवेशन सम्पन्न ग¥यो । चारवटै धाराहरु पटक पटक टुटफुटबाट गुज्रँदै र कहिलेकाहीँ एकीकृत हुँदै आएका छन् । आज हामी मुलतः चौथो महाधिवेशनबाटै अघि बढेका विभिन्न समूहहरुमध्ये प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, मोहनविक्रम नेतृत्वको मसाल, विप्लव नेतृत्वको नेकपा दक्षिणपंथी संशोधनवादमा विचलन भएपछि विद्रोह गरेका र सिपी मैनाली नेतृत्वको माले लगायत विभिन्न धाराहरुबाट अलग्गिएका क्रान्तिकारीहरु एकताबद्ध भएर बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका रुपमा तपाइँहरु समक्ष उपस्थित भएका छौँ ।
आदरणीय जनसमुदाय !
हामी ‘जनसम्बन्ध विस्तार अभियान’ लिएर तपाइँंहरुमाझ आएका छौँ । इतिहास निर्माणका निमित्त श्रमजीवी जनसमुदाय र क्रान्तिकारी कम्युनिस्ट पार्टीका बीचको सम्बन्ध पानी र माछाको सम्बन्ध जस्तै हुनु अनिवार्य छ । श्रमजीवी जनताबाट टाढा रहने “कम्युनिस्ट पार्टीहरु” अन्ततः एमाले र माके जस्ता दलाल वर्गको प्रतिनिधित्व गर्ने पार्टीमा बदलिन्छन् भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । नेपालमा क्रान्तिकारीहरु पटक पटक जनसङ्घर्ष र सशस्त्र सङ्घर्षमा विजयको सन्निकट पुगेका छन् । तर ती सङ्घर्ष अन्तिम विजयमा पुग्न सकेका छैनन् । यसको मूल कारण कम्युनिस्ट पार्टीहरु दलालहरुको कब्जामा पर्नु र जनताबाट कट्नु हो । तर कैयौँ पराजयपछि हामी नै जित्नेछौँ किनभने हाम्रो विचारधारात्मक कार्यदिशा माक्र्सवाद–लेनिनवाद–माओवाद अपराजेय र सर्वशक्तिमान छ । हाम्रो जमानाको दुश्मनलाई परास्त गर्न अर्थात् आजका अन्तर्विरोधलाई हल गर्न हामीले विचारधारात्मक कार्यदिशामा थप विकास गर्नै पर्दछ । मालेमावाद कुनै जडसूत्र होइन, बदलिंदो परिस्थितिसँग मेलखाने गरी व्यवहारमा लागुगर्न यसमा सान लगाउनै पर्दछ र पाइन हाल्नै पर्दछ ।गर्दछन् र जनतालाई लुटिरहेका छन् । हामी स्वास्थ्य उपचारलाई जनताको नैसर्गिक अधिकारका रुपमा स्थापित गरी जनमुखी र निःशुल्क गराउन चाहन्छौं । संचारक्षेत्र दलाल पँुजीपतिहरुको कब्जामा छ । सरकारी संचारमाध्यमहरु देखाउने दाँत मात्र भएका छन् र चपाउने दाँत एनसेल जस्ता बहुराष्ट्रिय कम्पनीद्वारा सञ्चालित संस्थाहरु बनेका छन् । उनीहरुले नेपाली जनताबाट लुटेको पैसाबाट सरकारी कर तिर्दैनन् र लुटको धन आफ्नै देशमा लगानी गर्नका लागि निर्यात गरिरहेका छन् । हामी भने सञ्चारमाध्यम र सञ्चार संस्थाहरुलाई राष्ट्रियकरण गरी तिनलाई देशको हितहुने गरी जनउपयोगी बनाउन चाहन्छौं ।
विभिन्न खाले अवसरवाद र दक्षिणपंथी संशोधनवाद साम्राज्यवादसँग घनिष्ट रुपले गाँसिएको कुरा लेनिनले धेरै पहिले नै पुष्टि गर्नुभएको छ । अवसरवाद र संशोधनवादका करणले नै नेपाली कम्युनिस्ट आन्दोलन टुटफूट र विभाजनबाट गुज्रिंदै आएको छ । हामीले साम्राज्यवाद र संशोधनवादको भण्डाफोर गर्दै क्रान्तिकारी धारा र कम्युनिस्ट एकतालाई स्थापित गर्नुपर्दछ । पार्टीमा अवसरवाद र संशोधनवादलाई परास्त गर्न माओले आत्मालोचना र आलोचना, दुईलाइन सङ्घर्ष र अन्ततः महान सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता विधि र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त विकास गर्नुभएको छ । पार्टीलाई क्रान्तिकारी बनाइराख्न माओको यो शिक्षालाई आत्मसात गरी व्यवहारमा लागुगर्नु पर्दछ ।
सामान्यतः सरकार नै राज्यसत्ता हो भन्ने ठानिन्छ । तर त्यसो होइन । सरकार, सेना, प्रहरी, कर्मचारी, अदालत र कारागार जस्ता ६ वटा अङ्गहरु मिलेर राज्यसत्ता बन्दछ । हाम्रो देशमा ठुला ठुला जनआन्दोलन र महान जनयुद्ध पछि शासकीय स्वरुप तथा सरकारहरु परिवर्तन हुँदै आएका छन् । तर आजसम्म राज्यसत्ता परिवर्तन भएको छैन । राज्यसत्ताका प्रमुख अवयवहरुलाई यथावत राखेर परिवर्र्तन गरिने सरकार त्यतैतिर घुम्दछ जता त्यो पुरानो र जब्बर राज्ययन्त्र घुमिरहेको हुन्छ । आज कतिपय बौद्धिक व्यक्तित्व र संसदीय दलका नेताहरु व्यवस्था होइन अवस्था परिवर्तन गरौँ भन्ने नारा दिइरहेका छन् । यो सबै पुरानो राज्यसत्ता बचाउने खेल मात्र हो । जनता यसमा भ्रमित हुनु हुँदैन । प्रतिक्रियावादी विचारधारा, संस्कृति, विरासत, चालचलन र रीतिरिवाज बोकेको विद्यमान राज्यसत्तालाई जरैदेखि उखेलेर क्रान्तिकारी विचारधारा, संस्कृति, विरासत, चालचलन र रीतिरिवाज सहितको नयाँ राज्यसत्ता स्थापना नगरिकन जनताको अवस्था परिवर्तन हुँदैन । राणा शासनदेखि आजसम्म प्राकृतिक र सामाजिक नियमअनुसार मात्रात्मक परिवर्तन र सुधार भइरहेको छ, तर क्रान्ति भएको छैन । क्रान्ति भनेको एउटा वर्गले अर्को वर्गको सत्ता पल्टाउनु हो । शोषित वर्गले शोषक वर्गको राज्यसत्ता पल्टाउनु क्रान्ति हो भने शोषक वर्गले शोषित वर्गको राज्यसत्ता पल्टाउनु प्रतिक्रान्ति हो । हामीलाई क्रान्ति चाहिएको छ ।हो । यो राज्यसत्तालाई ध्वंश गरी श्रमजीवि जनताको सत्ता अर्थात् जनगणतन्त्र स्थापना गर्न हामी तपाइँ आदरणीय जनसमुदायसँग काँधमा काँध मिलाएर अघि बढ्न चाहन्छौ । नेपाली जनताको मुक्तिका लागि यसको विकल्प छैन ।
हाम्रा नाराहरु
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल — जिन्दावाद !
माक्र्सवाद–लेनिनवाद–माओवाद — जिन्दावाद !
नयाँ जनवाद–वैज्ञानिक समाजवाद — जिन्दावाद !
सबैखाले साम्राज्यवाद — मूर्दावाद !
सबैखाले संशोधनवाद — मूर्दावाद !
दलाल संसदीय व्यवस्था — मूर्दावाद !
असमान सन्धी तथा सम्झौता — खारेज गर !
वीर शहीदहरु — लालसलाम !
सम्पूर्ण राजबन्दीहरु रिहा गर !
क्रान्तिकारी कम्युनिस्टहरुको एकता — आजको आवश्यकता !

