काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले १३६ औं मई दिवस मनाउँदै जनसम्बन्ध विस्तार अभियान समापन गरेको छ । गत चैत्र ४ गते शुरु भएको पार्टीको जनसम्बन्ध विस्तार अभियान ४६ औं दिनमा समापन गरिएको हो ।
केन्द्रीय अभियान टोलीको समापन कुपण्डोलस्थित पार्टीको केन्द्रीय कार्यालय प्राङ्गणमा भव्य समारोहको आयोजना गरी सम्पन्न गरिएको छ । जनसम्बन्ध विस्तार अभियानको समापन र १३६ औं मई दिवस समारोहको सभापति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहाक महासचिव सीपी गजुरेल गौरवले गर्नु भएको थियो । अध्यक्षको आसनबाट बौल्दै गौरवले डेढ महिना भन्दा बढी लामो समय अभियानको नेतृत्व गर्ने अभियान टोलीका प्रमुखहरु, अभियान टोलीका सदस्यहरु ,अभियान सफल पार्न योगदान पु¥याउने व्यूरो ,जिल्ला पार्टी ,सम्पूर्ण पार्टी कमिटीर पार्टी सदस्यहरु ,अभियान सफल पार्न सहयोग गर्ने समर्थक शुभचिन्तकहरु सबैलाई बधाई र धन्यवाद दिनु भयो । गौरवले अर्को प्रसंगमा राजतन्त्र भन्दा लोकतान्त्रिक गणतन्त्र तुलनात्मक रुपले प्रगतिशील भएको भए पनि लोकतान्त्रिक गणतन्त्र पनि प्रतिक्रियावादी गणतन्त्र हो, त्यसैले लोकतान्त्रिक गणतन्त्रबाट देश र जनताको मुक्ति नहुने हुँदा देश र जनताको मुक्तिकोलागि जनगणतन्त्र आवश्यक भएको बताउनु भयो । जनसम्बन्ध विस्तार अभियानको समीक्षा गरेर पार्टीले छिट्टै जनतामा जाने गरी कार्यक्रम पनि तय गर्ने गौरवले बताउनु भयो।
कार्यक्रमको संचालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदीले र स्वागत स्थायी समिति सदस्य इन्द्र मोहन सिग्देल वसन्तले गर्नु भएको थियो।
पार्टीको स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नं २ का प्रमुख सन्तबहादुर नेपालीले यो अभियानले जनताका बीचमा गएर शोषित पीडित जनतालाई संगठित गर्नु पर्दछ र गर्न सकिन्छ भन्ने शिक्षा दिएको बताउनु भयो । उहाँले मजदुर दिवसका सन्दर्भमा बोल्दै भन्नु भयो “ कानुनमा ८ घण्टा कार्य दिवस बताइए पनि ज्याला थोरै दिएर मजदुरलाई ओ.टि. ( ओभर टाइम) को लोभ देखाएर पुँजीवादीहरुले शोषण गरेको १५÷ २० घण्टा मजदुरलाई कज्याएका छन् । नयाँ जनवाद – समाजवाद नल्याई मजदुरहरको मुक्ति हुन्न ”
पार्टीका स्थायी समिति सदस्य तथा जनसम्बन्ध विस्तार अभियान टोली नं १ का प्रमुख रामसिङ श्रीसले जनाका बीचमा जाँदा सरकारले भन्दा पनि यहााका पार्टीका गलत नीति हो । किनकि पार्टीको नीति सरकारले लागू गर्ने हो । भन्ने कुरा जनतामा लगेको कुरा सुनाउनु भयो।
पार्टीको स्थायी समिति सदस्य तथा टोली नं ३ का प्रमुख कृष्णराज पौडेलले टोलीले आरक्ष पीडित ,सहकारी पीडित ,मिटरव्याज र लघुवित्त पीडितका बीचमा पुगेको र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी सित छलफल चलाएको सुनाउनु भयो ।४८ करोड बजेट भएको पालिकामा जम्मा ६ करोड मात्र विकास र निर्माणमा खर्च भएको बाँकी जनप्रतिनिधि र कर्मचारीलाई खर्च भएको , देशभरी यही अनुपातमा रकम वितरण भएको समेत उहाँले सुनाउनु भयो ।
पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोली नं ४ का प्रमुख हेमन्तप्रकाश ओली सुदर्शनले यस अभियानबाट तीन वटा पार्टीका बीचमा भएको एकताको सन्देश दिन नवगठित क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललाई जनतामा स्थापित गर्न सफल भएको बताउनु भयो । नेपाली समाजको चरित्र नवऔपनिवेशिक भएको कुरा जनतामा पु¥यायौं। यो अभियानले हामीले आफूले आफैलाई परीक्षणको शुरुवात पनि हो ।भन्नु भयो । क्रान्तिकालागि नयाँ ढंगले अगाडि जानु पर्दछ ।भन्ने यसले शिक्षा दिएको छ । क्राीन्तकारी किसान महासंघ नेपालका सहसंयोजक तथा अभियान टोली नं ४ का सदस्य धनैश्वर पोख्रेलले किसानहरको आफ्नै ठाउँबाट बेदखल हुनु परेको अवस्था छ भन्नु भयो । सरकारले किसानहरुको जग्गा कब्जा गरेर कर्पोरेट फार्मिङ लागू गर्न खोजेको बताउनु भयो । आफूहरु त्यसका विरुद्धमा लागिरहेको उहाँको भनाइ थियो ।
क्रान्तिकारी टे«डयुनियन महासंघ नेपालका संयोजक इश्वर तिमिल्सिनाले १८८६ मई १ देखि अमेरिकाको शिकागोमा ८ घण्टा श्रमको माग गर्दै आन्दोलन शुरु भएको ,७ जनाले शहादत प्राप्त गरेका,े १८९० देखि मई १ दिवस मनाउन थालिएको इतिहास स्मरण गर्नु भयो र मजदुर आन्दोलनको क्रान्तिकारी परम्परालाई अगाडि बढाउनु पर्ने आवश्यकतामा जोड दिनु भयो ।
क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्विका मुडभरीले महिलाहरुको कामलाई कामका रुपमा राज्यले गणना गर्न नसकेको बताउनु भयो । ४८.९ प्रतिशत महिलाहरु आर्थिक उपार्जनको कार्यमा सहभागी नभएको भन्ने कुरा बताउनु भयो । सरकारको यो प्रतिवेदनले नै पनि महिलाहरु कति उत्पीडनमा छन् ,घरेलु दास भएका छन् भन्ने कुरा स्पष्ट हुन्छ ।
रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, रक्तिमकी केन्द्रीय सदस्य प्रतिभा पौडेल ,सामना परिवारका अध्यक्ष असल पाख्रिन ,जनकलाकार सन्ध्या जिएम लगायतले जनवादी गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । पार्टीका केन्द्रीय सल्लाहकार सालिकग्राम भण्डारीलाई पनि आसन ग्रहण गराइएको थियो ।


