२४ भदौ, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले जेन–जी पुस्तालाई आन्दोलनमा बाहिरी घुसपैठ हुन नदिन सतर्क रहन आग्रह गरेका छन्।
मंगलबार सार्वजनिक अपिलमार्फत उनले ‘भेडाको छाला ओढेका ब्वाँसाहरू’ समयमै चिन्न नसके आन्दोलनलाई कमजोर पार्न सक्ने चेतावनी दिएका छन्।
भट्टराईले नयाँ नेतृत्व र नयाँ विचार संघर्षकै माध्यमबाट पुरानो नेतृत्व र पुरानो सोचलाई विस्थापित गरेर मात्र स्थापित हुने बताए। उनले इतिहासका गल्तीहरू दोहोरिन नदिन सावधानी अपनाउनुपर्ने उल्लेख गर्दै जेन–जी आन्दोलनलाई अनुशासित, योजनाबद्ध र एकताबद्ध ढंगले अघि बढाउन सुझाव दिएका छन्।

